दफा ५६
पुन मतदान गराउने
(१) दफा ५५ को उपदफा (२) बमोजिम कुनै उम्मेदवारले प्राप्त
गरेको मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत नभएमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जना उम्मेदवारहरूबीच मतदान हुने गरी निर्वाचन अधिकृतले मतदानको मिति तोकी पुन निर्वाचन गराउनेछ ।
(२) उपदफा (१) बमोजिम भएको मतदानमा कुनै उम्मेदवारले प्राप्त गरेको मत कुल मतको पचास प्रतिशतभन्दा बढी भएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्वाचित भएको घोषणा गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम भएको निर्वाचनमा कुनै उम्मेदवारले कुल मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त नगरेमा पुन मतदान हुने गरी निर्वाचन अधिकृतले मतदानको मिति तोकी पुन निर्वाचन गराउनेछ ।
(४) उपदफा (३) बमोजिम भएको मतदानमा खसेको कूल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवारलाई निर्वाचन अधिकृतले निर्वाचित भएको घोषणा गर्नु पर्नेछ ।